एजेन्सी–सहभागी एकजना मानिस बिरामी भएपछि रोकिएको अक्स्फोर्ड र एस्ट्राजेनेका कम्पनीद्वारा विकसित कोरोनाविरुद्धको खोप परीक्षण पुनः सुरु गरिएको छ।
गत मंगलबार एस्ट्राजेनेकाले रियाक्सनका कारण खोप परीक्षण स्थगित गरिएको जनाएको थियो। तर शनिबार अक्सफोर्डले खोप परीक्षण निरन्तर गर्न सुरक्षित रहेको जनाएको हो।
खोप परीक्षण निरन्तरतालाई स्वास्थ्यमन्त्री म्याट ह्यानकुकले स्वागत गरेका छन्। ‘यो स्थगनले हामी सधैं सुरक्षालाई पहिलो प्राथमिकता दिन्छौं भन्ने देखाएको छ, हामी हाम्रा वैज्ञानिकहरुलाई प्रभावकारी खोप सकेसम्म चाँडो उत्पादनका लागि सहयोग गर्नेछौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।