काठमाडौं-बार्सिलोनाले प्रि–सिजनको खेलमा जिम्न्यास्टिक क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको छ। प्रि-सिजनको खेलमा कप्तान लियोनल मेस्सी पनि मैदानमा उत्रिएका थिए।
स्पेनको दोस्रो डिभिजन क्लब जिम्न्यास्टिकलाई बार्सिलोनाले ३-१ गोलअन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा ओस्मान डेम्बेले, फिलिपे कोउटिन्हो र एन्टोनी ग्रिजम्यानले गोल गरे। यता, जिम्न्यास्टिकका लागि ज्याभी बोनिल्लाले एक गोल गरे।
खेलको पाँचौ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। १७औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २-० गोलको अग्रता दिलाए। ३०औं मिनेटमा ज्याभीले गोल गर्दै २-१ गोलको स्थितिमा ल्याए। तर कोउटिन्होले ५१औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३-१ गोलको जित दिलाए।
३३ वर्षीय मेस्सीले यसै साता मात्रै बार्सिलोनामै रहने निर्णय गरेका थिए। त्यसपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा जर्मन क्लब बायर्न म्युनिकसँग ८–२ गोलअन्तरले पराजित भएपछि मेस्सीले क्लब छाड्ने बताएका थिए।
बार्सिलोनाले सेप्टेम्बर २७ तारिखमा भिल्लारियलसँग प्रतिस्पर्धा गर्दै ला लिगा फुटबलको नयाँ सिजन सुरु गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।