एजेन्सी–कोरोना भाइरस संक्रमणबाट अमेरिकामा मृत्यु हुनेहरुको संख्या १ लाख ९३ हजार पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेहरुको संख्या १ लाख ९३ हजार ५ सय ३९ पुगेको हो। हालसम्म अमेरिकामा ६४ लाख ७९ हजार १ सय ५७ जना संक्रमित भएका छन्।
अमेरिकामा सबैभन्दा बढी प्रभावित राज्य न्युयोर्कमा ३३ हजार २३ जनाको मृत्यु भएको छ भने ७५ हजार ७ सय ७ जना निको भएका छन्। यस्तै, न्युजर्सीमा १६ हजार २७, क्यालिफोर्नियामा १४ हजार २ सय ९९, टेक्सासमा १४ हजार २ सय २९, फ्लोरिडामा १२ हजार ६ सय, म्यासाचुसेट्समा ९ हजार १ सय ९६ र इलिनोइसमा ८ हजार ५ सय २७ जनाको मृत्यु भएको छ।
यस्तै, पेन्सिलभेनियामा ७ हजार ८ सय २९, मिसिगनमा ६ हजार ९ सय ११ र जर्जियामा ६ हजार २ सय ८७ जनाको मृत्यु भएको छ।
अमेरिकामा हवाई, मोन्टाना, मेनी, नर्थ डकोटा, साउथ डकोटा, वेस्ट भर्जिनिया, इडाहो, उटह कम प्रभावित राज्य हुन्।
विश्वभर हालसम्म १ करोड ८६ लाख ४३ हजार १ सय २ जना संक्रमित भएका छन् भने ९ लाख १८ हजार ३ सय ५२ जनाको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।