ढाका- बंगलादेशमा कोभिड–१९ संक्रमितमध्ये बंगलादेशमा कूल संक्रमितमध्ये १.४० प्रतिशतको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य सेवा निर्देशनालयले शनिबार जानकारी गराएको छ।
निर्देशनालयका अनुसार बंगलादेशमा ७०.९० प्रतिशत व्यक्ति संक्रमणमुक्त भएका छन्।
यसैगरी विगत २४ घण्टामा संक्रमित पुष्टि भएका कोभिड–१९ बिरामीको सङ्ख्या एक हजार २८२ रहेको छ भने ३४ जनाको मृत्यु भएको छ। यहाँ शनिबारसम्म संक्रमितको सङ्ख्या तीन लाख ३६ हजार ४४ पुगेको छ भने चार हजार ७०२ जनाको मृत्यु भइसकेको छ।
बंगलादेशमा कोरोना भाइरस संक्रमण भई निको भएका व्यक्तिको आधिकारिक सङ्ख्या दुई लाख ३८ हजार २७१ रहेको छ। तथ्याङ्कअनुसार विगत २४ घण्टामा संक्रमणमुक्त हुने कोभिड–१९ संक्रमितको सङ्ख्या भने दुई हजार २४७ रहेको छ।
बंगलादेशमा सबैभन्दा बढी सङ्क्रमित भएको दिन जुलाई २ हो। उक्त दिन चार हजार १९ जना एकै दिन सङ्क्रमित भएका थिए। त्यस्तै जुन ३० मा कोरोना भाइरसका कारण एकै दिनमा सबैभन्दा धेरै मृत्यु रेकर्ड भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।