• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भक्तपुरमा तीन जनाको मृत्यु प्रकरण : थालमा भेटियो विषजस्तो पदार्थ, फरक-फरक दिनमा मृत्यु भएको आशंका

64x64
नारायण अधिकारी शनिबार, भदौ २७, २०७७  ०८:३५
1140x725
तस्बिर : रासस

काठमाडौं-भक्तपुरको मध्यपुर थिमी नगरपालिका ९ निकोसेरामा एकै परिवारका तीन जनाकोे शव भेटिएको घटनाको प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। शुक्रबार शव भेटिएको भन्दै प्रहरीकहाँ खबर आएसँगै केन्द्रीय अनुसन्धान ब्यूरोे (सिआइबी), महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरले घटनाको अनुसन्धान सुरु गरेका छन्।

प्रहरी घटनास्थल पुग्दा घरका ढोका खुल्लै रहेको अवस्थामा ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव छुट्टाछुट्टै फेला परेको थियो। 

पहिलो तलामा कुकुर र सम्झनाको शव भेटिएको छ। पहिलो तलाको कोठामा खाटमा भेटिएको सम्झनाको शव अर्धनग्न अवस्थामा थियो। दोस्रो तलाको खाटमै छोरा सुशान्तको शव भेटिएको थियो। सुशान्त र सम्झनाको शवको अवस्था हेर्दा केही दिनअघि नै मृत्यु भएको जस्तो देखिएको एसएसपी थापाको भनाइ छ। उनीहरुको शव सड्न थालेको अवस्थामा भेटिएको हो।

घरको माथिल्लो तलामा भने सुदीपको शव भेटिएको थियो। सुदीपको शव भने सड्न थालेको थिएन। घटनाको अनुसन्धान गरेका एक उच्च अधिकारीले नेपाल लाइभलाई भने, ‘शवको प्रकृति हेर्दा आमाछोराको केही दिनअघि नै मृत्यु भएजस्तो देखिन्छ। तर सुदीपको शव हेर्दा भर्खरै मृत्यु भएजस्तो देखिन्छ । जसका कारण उनीहरुको मृत्यु छुट्टाछुट्टै दिनमा भएको देखिन्छ।’

उक्त घरमा उनीहरुमात्रै बस्ने भएकाले यो घटनाबारे कसैले थाहा नपाएको हुनसक्ने प्रहरीले जनाएको छ। तर शुक्रबार भने सुदीपका भाइ नै दाइको घर गएपछि शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटना बाहिर आएको हो। 

‘घरका तीनै जना मृत भेटिनु र कुकुरसमेत मर्नु, घरका ढोका खुल्लै रहनुले घटनामा बाहिरको मानिसको संलग्नता हुनसक्ने आशंका देखिन्छ। तर घटनाका अन्य पाटाहरु केलाउँदा भने बाहिरको मान्छेबाट यो घटना भएको होइन भन्ने शंका पनि गर्न सकिन्छ’ अनुसन्धानमा खटिएका एक अधिकारीले नेपाल लाइभसँग भने।

आमा छोराको शव गन्हाउन थालेको अवस्थामा भेटिनु तर बाबु सुदीपको शव भने भर्खरै मृत्यु भएजस्तो अवस्थामा भेटिनुले पनि घटनामा बाहिरको मान्छेको संलग्नता नरहेकोतर्फ संकेत गरेको ती अधिकारीको भनाइ छ।

प्रहरी स्रोतका अनुसार अर्कोतर्फ थालमा विष फेला परेको छ। मृतकको शरीरमा कुनै चोटपटक नलाग्नु र थालमा विष फेला पर्नुले विष सेवनबाट मृत्यु भएको आशंका गरिएको छ । स्रोतले नेपाल लाइभसँग भन्यो, ‘चोटकपटक कतै देखिदैन। थालमा विषसमेत फेला परेको छ। जसकारण विष सेवनमार्फत् मृत्यु भएको हुनसक्छ । तर पोष्टमार्टम रिपोर्ट नआई केही भन्न सकिने अवस्था छैन।’

Ncell 2
Ncell 2

अनुसन्धानमा खटिएको प्रहरीले सुदीप डिप्रेशनमा गइसकेको समेत पाइएको बताएको छ। पछिल्लो समय घर बनाउँदाको ऋणले उनी थप तनावमा थिए। उनी लागूऔषध प्रयोगकर्तासमेत भएको पाइएको प्रहरीले जनाएको छ। जसका कारण घटनाको क्लु घरबाहिर हुन नसक्ने आँकलन प्रहरीले गरेको जनाएको छ।

घटनास्थलमा प्रहरीसहित फरेन्सिक विज्ञ टोलीसमेत खटिएको थियो । मृत्यु संकास्पद भएकाले उनीहरुको पोष्टमार्टमसँगै भिसेरा परीक्षणसमेत गरिने भएको छ। 

विष वा लठ्याउने अन्य कुनै औषधिको प्रयोगबाट मृत्यु भएको हो वा होइन भन्ने कुरा भिसेरा परीक्षणमार्फत् पत्ता लाग्छ। मृतकको शरीर हेर्दा शंकास्पद देखिएमा, विष खाए वा खुवाएको आशंका भएमा भिसेरा जाँच गरिन्छ । मृतकको जिब्रो, शरीर, जिब्रो, नङ, आँखालगायतका भाग निलो देखिएमा वा मुखबाट फिँज आएमा विषमार्फत् मृत्यु भएको आशंका गरिन्छ। तर अधिकारी परिवारको शव मृत्यु भएको केही दिनपछि फेला परेकाले यी चिजहरुको अध्ययनमा अप्ठेरो भएको प्रहरीले जनाएको छ। 

भिसेरा परीक्षणका लागि मृत शरीरबाट स्प्लीन, लिभर र किड्नीको भाग संरक्षित गरिन्छ । यसको रिपोर्टमा आउन सामाान्यतया २१ दिन लाग्छ। 

यसअघि २०७४ सालमा बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहालसहित उनका परिवारका ४ जना मृत फेला परेका थिए। उनीहरुले विष सेवनमार्फत् आत्महत्या गरेको पाइएको थियो। पछि भिसेरा परीक्षण गर्दा पनि विषकै कारण मृत्यु भएको रिपोर्ट आएको थियो । 
 

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  ०८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
गृहमन्त्री अर्यालले पाए सरकारको प्रवक्ताको जिम्मेवारी बिहीबार, माघ ८, २०८२
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ ८, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो : शेखर कोइराला बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्