एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ८३ लाख नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड ८३ लाख १ हजार ६ सय ३३ पुगेको हो। हालसम्म संक्रमणबाट ९ लाख ११ हजार ९ सय ८८ जनाको मृत्यु भइसकेको छ भने १ करोड ९० लाख ७ हजार २२ जना निको भइसकेका छन्।
संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६४ लाख ३८ हजार ७ सय ३९ पुगेको छ भने १ लाख ९२ हजार ८ सय ३४ जनाको मृत्यु भइसकेको छ। यस्तै, भारतमा ४५ लाख ६२ हजार ४ सय १४ संक्रमित र ७६ हजार २ सय ४१ को मृत्यु, ब्राजिलमा ४२ लाख ३८ हजार ४ सय ४६ संक्रमित र १ लाख २९ हजार ५ सय २२ को मृत्यु तथा मेक्सिकोमा ६ लाख ५२ हजार ३ सय ६४ संक्रमित र ६९ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।