काठमाडौं- शुक्रबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) नेकपाको असार १० देखि जारी स्थायी कमिटी बैठक सकियो, सरकारले ल्याउने विधेयकबारे नेकपामा छलफल गर्नुपर्ने, एमसीसी संशोधनसहित पारित गर्ने निष्कर्ष । ( स्थायी कमिटी बैठक सकियो )
२) २४ घण्टायता थप ५ जना कोरोना संक्रमितको मृत्यु, ३२२ पुगे मृतक, काठमाडौं उपत्यकामा ६९६ सहित १ हजार ४५४ जनामा संक्रमण, ५१ हजार ९१९ पुगे संक्रमित । ( नेपालमा ३२२ पुगे मृतक )
३) असोज १ देखि बस चलाउन दिन यातायात व्यवसायीको माग, ११ लाख मजदूर र ३ लाख ६० हजार यातायात व्यवसायीका आश्रित परिवार संकटमा परेको भनाइ । ( बस चलाउन दिन यातायात व्यवसायीको माग )
४) लद्दाखस्थित सीमामा जारी तनाव कम गर्न भारत र चीनबीच ५ बुँदे सहमति, एलओसीमा थप तनाव बढाउने पक्षमा नरहेको र चीननीतिमा कुनै परिवर्तन नआएको भारतको भनाइ । ( भारत र चीनबीच ५ बुँदे सहमति )
५) र, ट्रिनबागोले जित्यो चौथो पटक क्यारेबियन प्रिमियर लिग क्रिकेटको उपाधि, सेन्ट लुसिया जुक्स आठ विकेटले पराजित, कुनै खेलमा पनि पराजित नभई ट्रिनबागोले बनायो किर्तिमानी । ( ट्रिनबागोले जित्यो सिपिएलको उपाधि )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।