एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ८० लाखनजिक पुगेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड ७९ लाख ९४ हजार ६ सय ८८ पुगेको हो। हालसम्म कोरोना संक्रमणबाट विश्वभर ९ लाख ६ हजार १ सय ९५ जनाको मृत्यु भइसकेको छ भने १ करोड ८८ लाख ४९ हजार ९ सय ८१ जना निको भएका छन्।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६३ लाख ९५ हजार ६ सय ३ पुगेको छ भने त्यहाँ १ लाख ९१ हजार ७ सय २७ जनाको मृत्यु भएको छ। यस्तै, भारतमा ४४ लाख ६५ हजार ८ सय ६३ संक्रमित र ७५ हजार ६२ मृत्यु, ब्राजिलमा ४१ लाख ९७ हजार ८ सय ८९ संक्रमित र १ लाख २८ हजार ५सय ३९ को मृत्यु तथा मेक्सिकोमा ६ लाख ४७ हजार ५ सय ७ संक्रमित र ६९ लाख ९५ हजार जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।