काठमाडौं- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) २४ घण्टायता थप ५ जना कोरोना संक्रमितको मृत्यु, ३१७ पुगे मृतक, काठमाडौं उपत्यमा ५७२ सहित १ हजार २४६ जना संक्रमण, ५० हजार ४६५ पुगे संक्रमित । ( नेपालमा ३१७ पुगे मृतक )
२) कोरोनाले ध्वस्त व्यवसाय सञ्चालन गर्न र कर्मचारीलाई तलब दिन ५ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण ऋण, अर्थ मन्त्रालय ग¥यो ५० अर्ब रूपैयाँको कोष स्थापनाको तयारी । ( ५ प्रतिशत ब्याजमा ऋण दिने तयारी )
३) नेपाल आउने चाहनेलाई ल्याउन सकिने गरी उडान संख्या थपिने, पिसिआर नेगेटिभ अनिवार्य, असोज १५ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने सरकारको तयारी । ( उडान संख्या थप्ने तयारी )
४) अमेरिक–चीन तनावः अमेरिकामा भएका एक हजार चिनियाँ विद्यार्थीको भिसा रद्द, चिनियाँ सेनासँग सम्बन्ध भएका नागरिक लक्षित यसअघिको घोषणा अनुरूप निर्णय आएको जानकारी । ( अमेरिकामा चिनियाँ विद्यार्थीको भिसा रद्द )
५) र, प्रिमियर लिगमा दर्शक नहुँदा ७० करोड पाउण्ड घाटा हुन सक्ने, बेलायतमा अक्टोवर १ देखि खेल हेर्न दर्शकलाई अनुमति दिने तयारीमा पुनर्विचार गरिने प्रधानमन्त्री जोनसनको भनाइ । ( प्रिमियर लिगमा ७० करोड पाउण्ड घाटा )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।