काठमाडौं- जनरल इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई तीस करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमति दिएको हो। बोर्डको अनुमतिसँगै कम्पनीले केही दिनमा नै सार्वजनिक सूचना जारी गरेर निष्काशन गर्नेछ।
प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले धोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ।
प्राथमिक शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ। कम्पनीले बीमा समितिबाट दुई वर्षअघि निर्जीवन बीमा व्यवसायका लागि अनुमति दिएको थियो। समितिले तीनवटा निर्जीवन बीमा कम्पनीलाई दुई वर्षअघि अनुमति प्रदान गरेको थियो।
तीन वटामध्ये अजोडले प्राथमिक शेयर निष्काशन गरिसकेको छ भने सानिमा धितोपत्र बोर्डको अनुमति कुरेर बसेको छ। बोर्डका अनुसार सानिमाको आइपिओ अनुमति पनि अन्तिम चरणमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।