• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३, २०८३ Sun, Jul 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

कंगना अर्थात् 'क्विन अफ कन्ट्रोभर्सी'

64x64
नेपाल लाइभ बिहीबार, भदौ २५, २०७७  १७:१२
1140x725

मुम्बई– कंगना रणावत हिन्दी फिल्म उद्योगको यस्तो नाम हो, जो सधैं तनावग्रस्त रह्यो, सधैं विवादमा रह्यो, कहिले आफ्नो अभिनयका कारण र कहिले अरुसँग लडाइँ झगडा गरेर।

हिमाचल प्रदेशमा जन्मिएकी कंगनाले जब अभिनय गर्ने योजना बनाइन्, त्यसपछि थिएटर डाइरेक्टर अरबिन्द गौडसँग दिल्लीमा अभिनय सिकिन्। अभिनय सिकेर मुम्बइको यात्रा तय गरिन्। 

मुम्बइमा आएपछि कंगनाको संघर्ष सुरु भयो। यही क्रममा साथ पाइन् आदित्य पञ्चोलीको। दुवैको दोस्तीको खुब चर्चा भयो। कंगनालाई आदित्यकी गर्लफ्रेन्ड भनियो।

लक्ष्यलाई खोज्ने क्रममा कंगनाको भेट फिल्ममेकर महेश भट्टसँग भयो। सन् २००६मा अनुराग बसुको निर्देशनमा बनेको फिल्म 'ग्याङस्टार'मा मुख्य भूमिका पाइन्। पहिलो भूमिकाले नै कंगनालाई तनावग्रस्त बनाइदियो। किनकी उक्त भूमिका प्रवीन बोबीको जीवनबाट प्रेरित बताइयो। कंगनाले पहिलो फिल्ममा यति खारिएको अभिनय गरिन् कि उनको चर्चामात्रै भएन,  उनलाई फिल्मफेयर डेब्यु अवार्ड समेत मिल्यो। यहाँबाट कंगनाले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन।

कंगना

सन् २००७ मा कंगनाका 'वो लम्हे' र 'लाइफ़ इन ए मेट्रो' जस्ता फिल्म आए। तर २००८ को 'फेसन'ले कंगनालाई अर्कै उचाइमा पुर्‍याइदियो। मधुर भण्डारकरको फिल्मले फेसन उद्योगको कथा बताएको थियो। जहाँ प्रियंका चोपडा मुख्य भूमिकामा थिइन्।

यो फिल्ममा कंगनाको भूमिका छोटो थियो। तर त्यो छोटो भूमिका यति बलियो बन्यो कि उनलाई सहयोगी भूमिकाका लागि पनि राष्ट्रिय पुरस्‍कार प्राप्त भयो। त्यही वर्ष 'राज ३' रिलिज भएको थियो।

२००८ मा कंगना फेरि तनावग्रस्त बनिन्। यसमा तनावको कारण सोही फिल्मका हिरो अध्ययन सुमनसँग उनको प्रेम सम्बन्धको खबर हेडलाइन बन्न थाल्यो। केही समयमै यी दुईबीच सम्बन्ध बिग्रियो।

nimb
nimb
Ncell 2
Ncell 2

यहाँसम्म कंगना बलिउडमा आफ्नो लागि राम्रो उपलब्धी हासिल गरिसकेकी थिइन्। तर उस्तै खालको सिरियस भूमिका गर्ने आरोप लाग्न थाल्यो।

यो पनि सही हो कि फिल्म उद्योगमा जब कोही भूमिका वा फर्मुला हिट हुन्छ, त्यस्तै भूमिकाको लाइन लागिहाल्छ। कंगनासँग पनि यस्तै उस्तै भइरहेको थियो। 

कंगना

कंगनाको हातमा सन् २००११ मा आइ 'तनु विड्स मनु'। कंगनाले मौका हातबाट उम्किन दिइनन्। उनलाई करियरको नयाँ मोडमा पुर्‍याइदियो। यस फिल्मको सिक्वेलबाट उस्तै ठूलो सफलता मिल्यो। जसबाट उनले सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रिय पुरस्कार जितिन्। 

यी दुई फिल्मले बक्स अफिसमा सफलता हासिलमात्रै गरेनन्। समिक्षकले समेत तारिफ गरे। 

सन् २०१४ मा कंगना बक्स अफिसकी रानी बनिन्। यस वर्ष रिलिज उनको फिल्म 'क्वीन'ले सफलताको अर्कै कथा लेखिदियो। विकास बहालद्वारा निर्देशित यस फिल्मले पनि कंगनालाई राष्ट्रिय पुरस्कार दिलायो।

कंगना

केही फिल्म फ्लपसँगै यस्ता फिल्म आइरहे कि उनी कहिल्यै चर्चाभन्दा बाहिर हुनुपरेन। 'मणिकर्णिका'मा कंगना झाँसी कि रानी बनिन्। र यस फिल्मको निर्देशन पनि कंगनाले गरेकी थिइन्। 

जसरी उनी सफलताको सिढी चढ्दै गइन्। उसरी नै विवादकी रानी पनि बन्दै गइन्। कंगनाले तिनलाई पनि निशाना बनाइन्, जसले उनको करियरमा योगदान पुर्‍याए। 'ग्याङस्टार र लाइफ इन मेट्रो' पछि कंगनाले आदित्य पञ्चोलीविरुद्ध प्रहरीमा उजुरी गरिन्। उनमाथि मदिरा पिएर शारीरिक उत्पीडन गरेको आरोप लगाइन्। पञ्चोलीले उनको संघर्षमा साथ दिएका थिए। 

सन् २०१० मा 'काइट्स' जब असफल भयो। तब कंगना निर्देशक अनुराग बसुसँग भिड्न थालिन्। जसले पहिलो फिल्म 'ग्याङस्टार' निर्देशन गरेका थिए। कंगनाको आरोप थियो कि काइट्समा जति ठूलो भूमिका भनिएको थियो, त्यति ठूलो प्राप्त भएन। 

'राज ३' को सफलतापछि अध्ययन सुमनसँग ब्रेकअप भयो। त्यतिबेला कंगना विवादमा रहिन्। ऋतिक रोशनसँगको झगडाको खबर त दुनियाँलाई जानकारी नै छ। कंगनाले ऋतिकसँग रिलेसनसिपका विषयमा विभिन्न आरोप लगाएकी थिइन्। 

कंगना

ऋतिक रोशनमाथि कंगनाले यस्तो हमला गरिन् कि मामला पुलिससम्म पुग्यो। ऋतिकपछि कंगना करण जोहरको पछि परिन्। जसलाई उनले 'मुभी माफिया'को दर्जा दिइन्। 

उनलाई नेपोटिज्मको आरोप लगाउँदै उनलाई विवादको केन्द्रमा ल्याइन्। तर जोहर यसबाट जोगिने प्रयासमा देखिए। करणसँग कंगनाले काम गरिसकेकी छिन्। फिल्म 'उंगली' सुपर फ्लप फिल्म थियो।

यसैगरी 'तनु विड्स मनु' जस्ता फिल्मका निर्देशक आनन्द एल राय, जसले कंगनाको करियर नयाँ मोडमा पुर्‍यायो। उनीसँग पनि कंगनाको खटपट परेको समाचार आयो। सन् २०१५ पछि उनीहरु एकसाथ देखिएका छैनन्।

यसैगरी फिल्म 'सिम्रन'क रिलिजअघि कंगना तनावग्रस्त बनिन्। फिल्मका वास्तविक लेख अपूर्व असरानी थिए। तर कंगनाले पोष्टरमा आफ्नो नाम लेखाइन्। 

सन् २०१८ मा जब मी टू अभियान सुरु भयो। त्यतिबेला पनि कंगनाले बलिउडमाथि निशाना साधेकी थिइन्। आरोप फिल्म क्वीनका निर्देशक विकास बहलमाथि थियो। भनेकी थिइन्, 'विकास अजिव तरिकाले हामीसँग अंगालो मार्दथे। भन्थे– तिम्रो कपालबाट साह्रै मीठो बास्ना आउँछ।'

फिल्म 'मणिकर्णिका'को सुटिङमा यस्तोसम्म भयो कि फिल्ममा महत्वपूर्ण भूमिका रहेका सोनु सुदले फिल्म छाडिदिए। यसैगरी फिल्म निर्देशक कृषले पनि बीचमै फिल्म छाड्नुपर्‍यो। पछि फिल्मकी निर्देशक आफैं भइन्।

कंगना रणावत आफ्नो पहिलो फिल्मबाटै क्यामराअघि कसरी आउनुपर्छ भन्नेमा असाध्यै जानकार थिइन्। जब फिल्म गयाङस्टारको सफलतापछि पहिलो अन्तरवार्ताका लागि पत्रकार पुगे। जतिबेला उनी अर्को फिल्मको सुटिङमा थिइन्। उनले पत्रकारको क्यामेराको एंगल नै परिवर्तन गरिदिइन्। किनकी उनलाई आफ्नो अनुहारको दायाँ भाग देखाउनु थिएन।

कंगना

फिल्म मणिकर्णिकाको मुहुर्त बनारसको असीघाटमा भएको थियो। जहाँ मणिकर्णिकाको बाल्यकाल बितेको थियो। 

उक्त घाटमा गंगा आरतीमात्रै हेर्नु थियो। तर बिना कुनै कार्ययोजना उनले पानीमा डुबुल्की मारिदिइन्। उनलाई थाहा थियो कि गंगामा डुबुल्की मारेको भिजुअल मिडियामा खुब छाउँछ। यस्तै भयो। खुब चर्चा भयो त्यो दृष्यको।

यो लेखका लेखक पत्रकार इकबाल परवेज भन्छन्‚ ‘मैले कतिपटक उनलाई विवादमा किन आउन चाहनुहुन्छ?  भनेर सवाल गरेको छु। तर उनी बिनासंकोच र बिन्दास पाराले भन्छिन्- म जे छु। त्यो मेरै दमका कारण छु। त्यसैले कसैको परवाह गर्दिनँ।'

सुशान्त सिंह राजपुतको मृत्युपछि कंगनाको तेवर अझ बढ्यो। उनी पूरा फिल्म उद्योगमाथि खनिइन्। उनले नेपोटिज्म र मुभी माफियाको विषय उछालिन्। करण जोहर, सलमान खान, शाहरुख खान र अमिर खानमाथि समेत निशाना साँधिन्। 

कंगना

उनले महेश भट्टसँग पनि झगडा गरिन्, जब ड्रग्सको कुरा आयो। कंगनाले भनिदिइन्‚ ‘बलिउडमा ९९ प्रतिशतले लागुऔषध प्रयोग गर्छन्।’ जबकी उनी आफैं पनि ड्रग्सबाट टाढा रहन सकिनन्। 

पछिल्लो केही समयदेखि कंगना फिल्म उद्योगका हरमुद्दामा अघि सर्छिन्। साथै देशका मुद्दामा पनि उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिइरहेको पाइन्छ।(बिबिसी हिन्दीबाट अनुदित)

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लागुऔषध कारोबारी समात्न कुलेश्वरमा प्रहरीले गोली चलायो
किन बन्द भयो फेसबूक?
बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो : ओली
सम्बन्धित सामग्री
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र लालीबजार प्रदर्शनमा रोक ल... बुधबार, वैशाख २३, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
लागुऔषध कारोबारी समात्न कुलेश्वरमा प्रहरीले गोली चलायो आइतबार, साउन ३, २०८३
किन बन्द भयो फेसबूक? आइतबार, साउन ३, २०८३
बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो : ओली आइतबार, साउन ३, २०८३
बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाइदिन संसदीय समितिको आग्रह आइतबार, साउन ३, २०८३
सुनचाँदीको मूल्य वृद्धि आइतबार, साउन ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह शनिबार, साउन २, २०८३
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ शनिबार, साउन २, २०८३
प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको उद्धार आइतबार, साउन ३, २०८३
सर्पको टोकाइबाट कसरी जोगिने? टोकिहालेमा के गर्ने? शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्