काठमाडौं–नेपाल स्टक एक्सचेन्जको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आउँदा कारोबार रोक्का गरिएको छ। आन्तरिक प्रणालीमा समस्या आएकाले समाधान गर्ने प्रयास भइरहेको नेप्सेले जनाएको छ।
दुई साताअघि पनि नेप्सेको प्रणालीमा समस्या आउँदा तीन घण्टा कारोबार बन्द भएको थियो। कारोबार समयमा रोकिँदा तीन बजेदेखि ५ बजेदेखि पुनः कारोबार सुरु भएको थियो। आज पनि समस्या समाधान नभएसम्म कारोबार नहुने नेप्सेले जनाएको छ।
समस्या समाधान हुनेबित्तिकै कारोबार सुरु हुनेछ। समस्या पत्ता लगाएर समाधान गर्ने प्रयास भइरहेको नेप्सेले जनाएको छ। कारोबार सुरु भएको एक घण्टामै समस्या आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।