काठमाडौं–सामूहिक लगानी कोष ‘म्युचुअल फण्ड’ ले योजना व्यवस्थापक तथा लेखापरीक्षक नियु्क्त गर्दा नेपाल धितोपत्र बोर्डलाई जानाकारीमात्रै गराए पुग्ने भएको छ। यसअघि सामूहिक लगानी कोषले लेखापरीक्षक तथा योजना व्यवस्थापकको नियुक्तिका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्ने व्यवस्था गरेको थियो। अब बोर्डलाई जानकारी गराएर नियुक्ति गर्न सक्नेछन्।
बोर्डले अर्थमन्त्रालयबाट स्वीकृत सामूहिक लगानी कोषको नियमावली चौथो पटक संशोधन गर्ने क्रममा योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाइ पुनर्खरिद गर्दा लिने शुल्क ‘एक्जिट फि’ योजनाको आयमा लेखांकन गर्नुपर्ने व्यवस्था गरिएको छ। यसरी प्राप्त हुने आम्दानीलाई कोषको आम्दानीको रुपमा गणना गर्नु पर्ने भएको हो।
यसअघि उक्त आयको लेखांकन योजना व्यवस्थापकले गर्ने गरेका थिए। विद्यमान व्यवस्थाले इकाइ धनी लगानीकर्ताको कोष मजबुत भइ बढी प्रतिफल पाउन सहयोग पुग्ने बोर्डले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।