नयाँदिल्ली–भारतमा २४ घण्टामा ९५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयको आज बिहानको तथ्यांकअनुसार ९५ हजार ७ सय ३५ संक्रमित थपिएका हुन्। एकै दिन यति धेरै थपिएको यो अहिलेसम्मकै रेकर्ड हो। योसँगै भारतमा संक्रमितको संख्या ४४ लाख ६५ हजार ८ सय ६३ पुगेको छ।
यस्तै, २४ घण्टामा कोरोना संक्रमणका कारण ११ सय ७२ संक्रमितको मृत्यु भएको छ। योसँगै भारतमा मृत्यु हुनेको संख्या ७५ हजार ६२ पुगेको छ।
भारतमा हाल ९ लाख १९ हजार १८ सक्रिय संक्रमित छन् भने ३४ लाख ७१ हजार ७ सय ८४ निको भइसकेका छन्। सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा बुधबार २३ हजार ८ सय १६ नयाँ संक्रमित थथपिएका छन् । त्यहाँ कूल संक्रमित ९ लाख ६७ हजार ३ सय ४९ पुगेको छ।, जसमा २ लाख ५२ हजार ७ सय ३४ सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।