काठमाडौं- बिहीबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रूपैयाँ तोकिएको छ। बुधबारको तुलनामा प्रतितोला ४ सय रूपैयाँले बढेको हो।
बुधबार छापावाल सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। बिहीबार चाँदीको मूल्य तोलामा १० रूपैयाँ बढेको हो।
बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय २५ रूपैयाँ कायम भएको छ। बुधबार चाँदी १३ सय १५ रूपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।