काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) गृह मन्त्रालयसँगको परामर्शपछि काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउने निर्णय, आन्तरिक सवारी जोरबिजोर प्रणालीबाट व्यवस्थित गर्ने र खाद्यान्नलगायत अत्यावश्यक सामग्रीका पसल दिनभर खोल्न पाइने । ( काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउने )
२) थप ६ जना कोरोना संक्रमितको मृत्यु, ३१२ पुगे मृतक, काठमाडौं उपत्यकामा ४६४ सहित १ हजार ८१ जनामा संक्रमण, ४९ हजार २१९ पुगे संक्रमित । ( नेपालमा ३१२ पुगे मृतक )
३) भदौ ३ गतेदेखि काठमाडौं उपत्यकासहित अन्य जिल्लामा निशेधाज्ञा लगाइएकाले कर तिर्नुपर्ने म्याद थप गर्न व्यवसायीको माग, सरकारले म्याद थप नगर्ने । ( भ्याट र अन्तःशुल्क तिर्ने म्याद नथपिने )
४) अफगानीस्तानका उपराष्ट्रपतिलाई निशाना बनाएर बम विस्फोट, उपराष्ट्रपति सलेहसहित १५ जना घाइते, १० जनाको मृत्यु, विस्फोटमा आफ्ना लडाकूहरु संलग्न नभएको तालिबानी प्रवक्ताको भनाइ । ( अफगानी उपराष्ट्रपति लक्षित बम विस्फोट )
५) र, नेसन्स लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन पोर्चुगलको लगातार दोस्रो जित, स्वीडेनमाथि जित निकाल्ने क्रममा कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी सय गोल पूरा । ( रोनाल्डोको कीर्तिमानी सय गोल पूरा )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।