काठमाडौं- उपत्यकाका तीन जिल्लाका सिडिओले जारी गरेको निषेधाज्ञा केही खुकुलो बनाइएको छ। निषेधाज्ञा खुकुलो बनाएसँगै व्यवसायलाई वर्गीकरण गरेर सञ्चालन गर्न दिने निर्णय स्थानीय प्रशासनले गरेको छ।
सरकारले दिन नै तोकेर कारोबार संचालन गर्ने निर्णय गरेसँगै मोटरसाइकल, कार लगायरका सवारीसाधन खरिद गर्न चाहनेले सातामा दुई दिन खरिद गर्न सक्नेछन्। स्थानीय प्रशासनले सोमबार र बुधबारमात्रै मोटरसाइकल, कारलगायत सवारीको सोरूम खिल्न दिने निर्णय गरेको हो।
बजारमा भिडभाड कम होस् भनेर स्थानीय प्रशासनले आवश्यकता र प्रकृति हेरर व्यवसाय संचालन गर्न दिने निर्णय गरेको हो। स्थानीय प्रशासनको निर्णयपछि अब सवारीसाधन बिक्री गर्ने सोरुमहरु सातामा २ दिनमात्रै खुल्ला हुनेछन्।
तर, सम्पूर्ण सवारी साधन मर्मत गर्ने सर्भिस सेन्टरहरु भने साताभर बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्न पाइनेछ।
स्थानीय प्रशासनको निर्णयपछि भोलिबाट बजारहरु संचालनमा आउनेछन्। सरकारले भदौ ४ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गर्दै आएको थियो। पछिल्लो पटक घोषणा गरेको निषेधाज्ञा बुधबार राती १२ बजेबाट सकिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।