प्रतिनिधिमूलक तस्बिर काठमाडौं- सरकारले कारोना नियन्त्रण तथा रोकथाका लागि भन्दै काठमाडौं उपत्यकामा जारी ३ साता लामो निषेधाज्ञा बिहीबारबाट केही खुल्ने गर्ने भएको छ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुले संयुक्त रुपमा उपत्यका भित्र रहेका सपिङ मल सातामा ३ दिने मात्रै खोल्न दिने निर्णय गरेका हुन्।
सो निर्णय अनुसार अब साताको सोमबार, बुधधार र शनिबार मात्रै सपिङ मल खुल्ला हुनेछन्।
फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसललगायतका पसलहरु पनि सोमबार, बुधबार र शनिबार नै खोल्न पाउने भएका छन्। यी पसल संचालन गर्दा स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाउन भने आग्रह गरिएको छ।
यस्तै भाडा र किचेनका सामान बेच्ने पसल पनि सातामा तीन मात्र खोल्न पाइने छ। यस्ता पसल आइतबार, मंगलबार र शुक्रबार मात्रै खुला गर्न पाइने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।