काठमाडौं-फ्रान्सले नेसन्स लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ। बुधबार बिहान सम्पन्न खेलमा विश्वविजेता फ्रान्सले क्रोसियालाई ४–२ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टोली फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यान, डायोट उपमेकानो र ओलिभर जिराउडले गोल गरे। एक गोल भने फ्रान्सले उपहारस्वरुप पाएको थियो। क्रोसियाका लागि भने डिजन लोभरेन र जोसिप ब्रेकालोले गोल फर्काए।
सुरुवाती अग्रता भने क्रोसियाले लिएको थियो। खेलको १६औं मिनेटमा डिजनले गोल गर्दै क्रोसियालाई १-० गोलको अग्रता दिलाए। तर खेलको ४३औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा ल्याए। पहिलो हाफकै अन्तिम समयमा क्रोसियाले आत्मघाती गोल गर्नु पुग्यो। डोमिनिक लिभाकोभिचले बचाउने क्रममा आफ्नै पोष्टमा गोल गर्न पुगेपछि फ्रान्सले पहिलो हाफसम्म २–१ गोलको अग्रता लियो।
खेलको ५५औं मिोटमा जोसिपले गोल गर्दै क्रोसियलाई २–२ गोलको बराबरीमा ल्याए। तर खेलको ६५औं मिनेटमा डायोटले गोल गर्दा फ्रान्सले ३–२ गोलको अग्रता लियो। ७७औं मिनेटमा जिराउडले पेनाल्टीबाट गोल गर्दा फ्रान्सले ४–२ गोलको जित सुनिश्चित गर्याे।
नेसन्स लिगमा फ्रान्सले लगातार दोस्रो जित हात पारेको हो। यसअघि भएको खेलमा फ्रान्सले स्वीडेनलाई १–० गोलअन्तरले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।