एजेन्सी- दक्षिण अफ्रिकाको कूल गार्हस्थ्य उत्पादन गत वर्षको अप्रिलदेखि जुनको तुलनामा ५० प्रतिशतभन्दा बढीले सङकुचित भएको छ।
दक्षिण अफ्रिकाको तथ्याङ्क मामिला अध्ययन गर्ने सरकारी निकायले मङ्गलबार सार्वजनिक तथ्याङ्कमा उक्त कुरा जनाइएको हो।
‘दक्षिण अफ्रिकाको अर्थव्यवस्था सन् २०१९ को दोस्रो त्रैमासिकको तुलनामा सन् २०२० को सोही अवधिमा ५१ प्रतिशतले सङ्कुचित भएको छ,’ दक्षिण अफ्रिकी तथ्याङ्क विभागले भनेको छ।
अभूतपूर्व गिरावट आउनुमा महामारीका कारण आएको परिस्थिति जिम्मेवार भएको सरकारी अधिकारीहरूले बताएका छन्। दक्षिण अफ्रिकाले महामारीबाट आफ्ना नागरिकको सुरक्षाका लागि गत मार्च २७ देखि कडा लकडाउनको घोषणा गरेको छ। जसका कारण देशैभरि प्रायः आर्थिक गतिविधि बन्द हुनुपरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।