काठमाडौं- नेपाल राष्ट्र बैंकले विलक्षण प्रतिभा भएका व्यक्तिहरुलाई छुट्टै तरिकाबाट छनौट गर्न पाउने व्यवस्था गरेको छ।
बैंक तथा वित्तीय संस्थाले उत्कृष्ट व्यक्ति छनौट 'ट्यालेन्ट हन्ट' प्रक्रियाबाट कर्मचारी भर्ना गर्नुपर्ने अवस्थामा निष्पक्षता र पारदर्शीता कायम हुनेगरी अलग्गै कार्यविधी तर्जुमा गरी मात्र भर्ना गर्नुपर्ने व्यवस्था गरेको हो।
यसरी बैंकहरुले उत्कृष्ट व्यक्तिलाई छनौट गर्नका लागि छुट्टै कार्यविधि बनाउनुपर्ने भएको हो। उक्त कार्यविधिबाट बैंकहरुले पारदर्शी हिसाबले नियुक्ति गर्न सक्नेछन्। विश्वविद्यालय टपर, कुनै विधामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई बैंकहरुले छुट्टै कार्यविधि बनाएर नियुक्ति गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।