काठमाडौं- नाफा बुक गर्ने क्रममा गएका दुई दिन घटेको शेयर बजार मंगलबारदेखि पुनः सुधार हुन थालेको छ। मंगलबार शेयर बजार ७.३५ अंकले बढेको छ। नेप्से सूचक सुधार भएर १४९५.१५ अंकमा रोकिएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि दुई दिन घटेको शेयर बजार मंगलबारदेखि पुनः सुधार हुन थालेको हो। मंगलबार १९० वटा कम्पनीको एक अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको छ। गएको दुई दिन करेक्सन हुँदा आत्तीएका लगानीकर्ताले मंगलबार धेरै कारोबार गरेनन्।
बजार सुधार हुँदा गत साता ४ अर्ब रुपैयाँ नाघेको थियो। बाणिज्य बैंक र होटलको सुचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचक सुधार देखिएका छन्। सबैभन्दा धेरै व्यापारको उपसूचक ८.५८ प्रतिशतले बढेको छ।
साल्ट ट्रेडिङको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य ३३९० रुपैयाँ पुगेको छ। एक वर्ष अगाडिसम्म दुई सय रुपैयाँको हाराहारीमा रहेको साल्ट ट्रेडिङको मूल्यमा पछिल्लो समय उछाल आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।