काठमाडौं-मंगलबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रूपैयाँ तोकिएको छ।
सोमबारको तुलनामा प्रतितोला तीन सय रूपैयाँले घटेको हो। सोमबार छापावाल सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार पनि छापावाल सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमै कारोबार भएको थियो। शुक्रबार भने प्रतितोला ९६ हजार ४ रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला १३ सय २० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार १० रूपैयाँले घटेर तोलाको १३ सय १० रूपैयाँ कायम भएको छ। आइतबार पनि चाँदीको मूल्य १३ सय २० रूपैयाँ तोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।