काठमाडौं-फ्रान्सका युवा स्टार केलियन एम्बाप्पेलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) का एम्बाप्पेमा कोरोना पोजेटिभ देखिएको हो। कोरोना देखिएसँगै उनलाई टिमबाट बाहिर राखिएको छ भने उनी आइसोलेसनमा बसिसकेका छन्। फ्रान्सले नेसन्स लिगमा स्वीडेनलाई १-० गोलले पराजित गर्दा त्यो गोल एम्बाप्पेले नै गरेका थिए।
कोरोनाको लक्षण देखिएसँगै मंगलबार राति क्रोसियाको खेल एम्बाप्पेले गुमाउने छन्।
फ्रान्स फुटबल महासंघले कोरोनाको रिपोर्ट पोजेटिभ आएसँगै उनलाई टिमबाट बाहिर राखिएको बताएको छ। भनेको छ, ‘सोमबार विहान उनको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै हामीले टिम बाहिर राख्दै घर पठाएका छौं।’
नेसन्स लिगको अभ्यास सुरु हुनुअघि सबै खेलाडीको कोरोना परीक्षण फ्रान्स फुटबल महासंघले गरेको थियो। त्यो बेला एम्बाप्पेको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।