काठमाडौं-महिला लघुवित्त वित्तीय संस्थाले ४ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गरेको छ। प्राथमिक शेयर निष्काशनका लागि महिला लघुवित्तले नेपाल एसविआई मर्चेन्ट एण्ड बैंकिङलाई नियुक्त गरेको छ।
सोमबार प्राथमिक शेयर निष्काशनका लागि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपाने र एसविआई मर्चेन्टकी रोशनी भारती विच सहमति पत्रमा संझौता भएको छ।
संस्थाको हालको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ। ४ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन पछि संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ कायम हुनेछ।
संस्थाको जगेडा कोषमा १० करोड १७ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्ष २०७६/७७ मा संस्थाले तीन करोड ५१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। केन्द्रीय कार्यालय काभ्रेपलाञ्चाेक जिल्लामा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।