काठमाडौं-नेसन्स लिग फुटबलमा इटलीले नेदरल्यान्ड्सलाई पराजित गरेको छ। नेदरल्यान्ड्स आफ्नै घरेलु मैदानमा इटलीसँग १-० गोलअन्तरले पराजित भएको हो।
मंगलबार विहान भएको खेलमा नेदरल्यान्ड्समाथि इटलीले संघर्षपूर्ण जित निकाल्यो। इटलीको जितमा निकोलो बेरेलाले गोल गरे। पहिलो हाफको अन्तिम समयमा उनले गरेको गोल नै जितको आधार बन्यो।
पहिलो हाफमा १–० गोलले पछि परेको नेदरल्यान्ड्सले दोस्रो हाफमा गोल गर्ने राम्रो अवसर खेर फाल्दा तीन अंक इटलीलाई सुम्पेको हो। लिग–ए कै समूह ‘ए’ को खेलमा पोल्यान्डले बोसनिया एण्ड हर्जेगोभिनालाई २–१ गोलअन्तरले पराजित गरेको छ।
नेसन्स लिगमा भएका अन्य खेलमा उत्तरी आयरल्यान्डलाई नर्वेले ५–१ गोलअन्तरले पराजित गर्दा रोमानियाले अष्ट्रियालाई ३–२ गोलले पराजित गरेको छ। स्कटल्यान्डले चेक रिपब्लिकलाई २–१ ले, बेलारुसले कजाकिस्तानलाई २–१ ले, लिथुनियाले अल्बानियालाई १–० गोलले पराजित गर्दा इज्रायल र स्लोभाकियाले भने १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।