एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ७२ लाख नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड ७२ लाख ४६ हजार ६ सय ८६ पुगेको हो। हालसम्म कोरोना संक्रमणबाट विश्वभर ८ लाख ९० हजार ९ सय २३ मानिसको मृत्यु भएको छ भने १ करोड ८२ लाख १० हजार ३९ जना निको भएका छन्।
अमेरिकामा संक्रमितको संख्या ६२ लाख ९९ हजार ६ सय ३७ पुगेको छ भने १ लाख ८९ हजार १ सय ६८ जनाको मृत्यु भएको छ। यस्तै, भारतमा ४२ लाख ४ हजार ६ सय १३ संक्रमित र ७१ हजार ६ सय ४२ को मृत्यु, ब्राजिलमा ४१ लाख ४७ हजार ७ सय ९४ संक्रमित र १ लाख २६ हजार ९ सय ६० को मृत्यु, रुसमा १० लाख २७ हजार ३ सय ३४ संक्रमित र १७ हजार ८ सय १८ को मृत्यु तथा मेक्सिकोमा ६ लाख ३४ हजार २३ संक्रमित र ६७ हजार ५ सय ५८ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।