काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६३ करोड रुपैयाँको प्राथमिक शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत गरेको छ।
कम्पनीको प्राथमिक शेयर दोस्रो बजारमा कारोबार गर्नका लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नेप्सेका तर्फबाट चन्द्र सिंह साउद विच संझौता भएको हो।
कम्पनीले गत भदौ ४ गतेदेखि ८ गतेसम्म प्राथमिक शेयर निष्काशन गरि भदौ १२ गते बाँडफाँट गरेको थियो। रिलायन्स लाइफले धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्न शेयर दाखिल खारेज गर्न नामसारी गर्न लगायतका शेयरधनीहरुको लागत अद्यावधिक राख्नेसम्बन्धी सम्पुर्ण काम कारबाही गर्न सनराइज क्यापिटललाई शेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको छ।
बीमा समितिबाट पछिल्लो समय इजाजतप्राप्त १० नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सर्वसाधारणमा शेयरको सार्वजनिक निष्काशन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।