काठमाडौं- नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने बैंकका काउन्टर खुला गर्ने निर्देशन दिएको छ। राष्ट्र बैंक राजस्व बुझ्ने प्रयोजनका लागि भदौ २३, २४ र २५ गते नेपाल राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका सम्पुर्ण काउन्टर खुला गर्नुपर्ने निर्देशन दिएको हो।
राजस्व संकलन गर्ने शाखा काउन्टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेडलाई खुला गर्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो।
नेपाल राष्ट्र बैंकले सोमबार सम्पुर्ण बैंकहरुलाई पत्राचार गर्दै काउन्टर खुला गर्न निर्देशन दिएको हो। कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि स्थानीय निकायले निषेधाज्ञा तथा लकडाउन गरिरहेका छन्। यसै क्रममा कतिपय बैंकका शाखा कार्यालयहरु बन्द छन्। बैंकहरुले ग्राहकको भिडभाड हेरेर केही शाखा तथा काउन्टर खुला गरे पनि पूर्ण रुपमा बैंकहरुले आफ्ना शाखाहरु सञ्चालन गर्न पाएका छैनन्। तर राजस्व संकलन गर्ने काउन्टरहरु भने खुला गर्नुपर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।