काठमाडौं-आरएमडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २० प्रतिशतल लाभांस दिने घोषणा गरेको छ। संस्थाले चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस दिने भएको हो।
संस्थाले १३ करोड ४८ लाख रुपैयाँ बोनस शेयर र ४ करोड ४९ लाख रुपैयाँ नगद लाभांस दिने छ। संस्थाको हालको चुक्ता पुँजी ८९ करोड ९३ लाख रुपैयाँ छ। बोनस शेयरपछि संस्थाको पुँजी एक अर्ब १३ करोड रुपैयाँ पुग्नेछ।
गत आर्थिक वर्षमा संस्थाले २५ प्रतिशत लाभांस वितरण गरेको थियो। गत वर्ष १२.५ प्रतिशत नगद लाभांस र १२.५ प्रतिशत नै बोनस शेयर दिएको थियो। गत आर्थिक वर्षमा संस्थाले २८ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।