एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ७० लाखनजिक पुगेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड ६९ लाख ८० हजार ७ सय ३१ पुगेको हो। हालसम्म कोरोना भाइरस संक्रमणका कारण विश्वभर ८ लाख ८१ हजार ३ सय १४ जनाको मृत्यु भएको छ भने १ करोड ८० लाख ४० हजार ६ सय ४८ जना निको भइसकेका छन्।
अमेरिकामा संक्रमितको संख्या ६२ लाख ७४ हजार ३ सय ८८ पुगेको छ भने १ लाख ८८ हजार ९ सय ९ जनाको मृत्यु भएको छ। यस्तै, ब्राजिलमा ४१ लाख २३ हजार संक्रमित र १ लाख २६ हजार २ सय ३ जनाको मृत्यु, भारतमा ४१ लाख १३ हजार ८ सय ११ संक्रमित र ७० हजार ६ सय २६ को मृत्यु तथा मेक्सिकोमा ६ लाख २९ हजार ४ सय ९ संक्रमित र ६७ हजार ३ सय २६ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।