काठमाडौं- कोभिड- १९ महामारीका कारण प्रभावित भएको सहकारी संघ/संस्थाहरुको वार्षिक साधारण सभा र लेखापरीक्षणसम्बन्धी काम कसरी र कहिलेसम्म गर्ने भन्ने विषयमा चाँडै निष्कर्ष निकाल्ने सहकारी विभागले जनाएको छ।
विभागले आइतबार राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय विषयगत संघ, जिल्ला संघ, सहकारी बैंक तथा सबै सहकारी संस्थाहरुलाई परिपत्र गर्दै साधारण सभाबारे केही समयभित्रै आधिकारिक रुपमा जानकारी गराउने बताएको हो।
‘सहकारी संस्थाको गत आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गर्ने अवधि आगामि असोज मसान्तसम्म रहेकोमा सो अवधिभित्र गरिसक्न र वार्षिक साधारण सभा हालको विषम परिस्थितिमा के कसरी गर्ने भन्ने विषयमा सरोकारवाला पक्षसँग छलफल गरेपछि मात्र जानकारी दिने’ विभागले परिपत्रमा उल्लेख गरेको छ।
विभागले सम्बन्धित पक्षसँग नियमित अन्तरक्रिया तथा छलफल चलाइरहेको र सरोकारवालाबाट प्राप्त हुने सुझावअनुसार साधारण सभासम्बन्धी निर्णय लिइने कुरा विभागले परिपत्रमार्फत् जानकारी गराएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।