काठमाडौं- आइतबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) २४ घण्टायता ९ जना कोरोना संक्रमितको मृत्यु, २८९ पुगे मृतक, काठमाडौं उपत्यकामा ३५४ सहित ९८० जनामा संक्रमण, ४६ हजार २५७ पुगे संक्रमित । ( नेपालमा २८९ पुगे मृतक )
२) कांग्रेस सभापति देउवाले गरेका निर्णय फिर्ता गराउन संस्थापन इतरका दुई समूह पुनः एकै ठाउँमा, निर्णय फिर्ता नलिए दबाबको अन्तिम रुप आमरण अनशन हुने चेतावनी । ( देउवाविरुद्ध आमरण अनशनको चेतावनी )
३) गत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक आर्थिक वृद्धिदर २.२७ प्रतिशत नै रहेको तथ्यांक विभागको भनाइ, तथ्याङ्क परिमार्जन नगरिएको विभागको दाबी । ( तथ्याङ्क परिमार्जन नगरिएको विभागको दाबी )
४) अमेरिकाका ८१ नोबेल पुरस्कार विजेताहरुद्वारा राष्ट्रपति चुनावमा बाइडेनलाई समर्थन गर्ने सम्बन्धी खुलापत्र, विज्ञहरुको आवाज सुन्नु र समस्या समाधानमा विज्ञानको प्रयोग हुनुपर्ने धारणा प्रशंसनीय रहेको भनाइ । ( बाइडेनलाई ८१ नोबेल पुरस्कार विजेताहरुको समर्थन )
५) र, सन्दीप लामिछाने आबद्ध टिम जमैका तलावाजले सिपिएलको सेमिफाइनलमा ट्रिनबागोसँग प्रतिस्पर्धा गर्ने, लिगमा ९ खेलमा शतप्रतिशत जित निकाल्दै ट्रिनबागो १८ अंक सहित शीर्ष स्थानमा । ( जमैका तलावाज सेमिफाइनलमा ट्रिनबागोसँग )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।