काठमाडौं- तोकिएको समयमा नै मल ल्याउन नसकेको शैलुङ इन्टरप्राइजेजले पाएको टेन्डर सरकारले खारेज गरेको छ। शैलुङले तीन चरणमा गरी ८० टन मल ल्याउने सम्झौता गरेको भएपनि २५ टन मल तोकिएको समयावधिमा पनि ल्याउन नसकेपछि सरकारले उसले पाएको टेन्डर सम्झौता खारेज गरिदिएको हो।
कृषि तथा पशुपन्छि विकास मन्त्री घनश्याम भुसालले तोकिएको समयमा मल ल्याउन नसकेपछि शैलुङसँगको टेन्डर सम्झौता खारेज गरेको जानकारी दिए।
शैलुङले पाएको एक टेन्डर सम्झौता खारेज भएपनि ऊसँग अझै पनि ५५ हजार टन मल ल्याउने सम्झौताको अवधि भने बाँकी नै छ। यो दुई चरणमा गरिएको सम्झौताको मल ल्याउने समयावधि अझै केही समय बाँकी नै छ।
तोकिएको समयमा मल ल्याउन नसकेपछि सरकारले बंगलादेशसँग पैँचोमा मल लिने तयारी गरिरहेको छ।
शैलुङ नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' का घरबेटीको कम्पनी हो।
मल आयातको कुनै पनि अनुभव नभएको कम्पनीलाई पूरै मल आयात गर्ने ठेक्का दिइएको भन्दै सुरुमा पनि विरोध भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।