नयाँदिल्ली-भारतमा २४ घण्टामा ९० हजारभन्दा संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार ९० हजार ६ सय ३३ संक्रमित थपिएका हुन्।
विश्वमा कोरोना महामारी सुरु भएयता एकै दिन यति धेरै संक्रमित थपिएको यो विश्व रेकर्ड हो। योसँगै भारतमा संक्रमितको संख्या ४१ लाख १३ हजार ८ सय ११ पुगेको छ।
२४ घण्टामा १ हजार ६५ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७० हजार ६ सय २६ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।