काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ। आइतबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ४ रूपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने बढेको छ। साताको पहिलो दिन चाँदी प्रतितोला १० रूपैयाँले बढेको हो। आइतबारका लागि चाँदीको मूल्य १३ सय २० रूपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय १० रूपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।