एजेन्सी–चीनको चाइना नेशनल बायोटेक ग्रुप (सिएनबिजी) र सिनोभ्याक बायोटेक लिमिटेडले आफ्नो देशमा निर्मित कोरोनाविरुद्धको खोपको अन्तिम क्लिनिकल परीक्षणका लागि थप २ देशले स्वीकृति दिएको जनाएका छन्।
चीन र सर्बियाले तेस्रो चरणको परीक्षणका लागि स्वीकृति दिएका हुन्। हालसम्म चिनियाँ खोपको परीक्षणका लागि स्वीकृति दिने देशको संख्या १२ पुगिसकेको छ। जसमा संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डनलगायत छन्। यी देशमा परीक्षण सुरु भइसकेको जनाइएको छ।
चीनमा कोरोना भाइरस संक्रमितको संख्या कम छ, जसका कारण चीनले अन्य देशमा क्लिनिकल परीक्षण गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।