काठमाडौं- शनिबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) २४ घण्टायता ९ जना कोरोना संक्रमितको मृत्यु, २८० पुगे मृतक, काठमाडौं उपत्यकामा ४०८ सहित १ हजार ४१ जनामा संक्रमण, ४५ हजार २७७ पुगे संक्रमित । ( नेपालमा २८० पुगे मृतक )
२) विभाग गठन, क्रियाशील सदस्यता वितरण, भ्रातृ संस्थाको म्याद थपका विषयमा कांग्रेस विवाद जारी, पौडेल पक्षको देउवालाई तीन दिनको अल्टिमेटम, निर्णय फिर्ता गराउन चरणबद्ध दबाबको तयारी । ( कांग्रेसभित्रको विवाद जारी )
३) सिन्धुपाल्चोकमा बालुवा तस्करीमा नक्कली भ्याट बिल, २८ टिपर प्रहरीको नियन्त्रणमा, २२ छुटे, नियन्त्रणमा लिइएका टिपरलाई जरिवाना तिर्न सूचना जारी गरिएको जिल्ला सम्वन्वय समितिको भनाइ । ( बालुवा तस्करीमा नक्कली भ्याट बिल )
४) सीमामा तनाव जारी रहेकै बेला भारत र चीनका रक्षामन्त्रीबीच मस्कोमा २ घण्टा वार्ता, दुई देशका रक्षामन्त्रीबीचको वार्ता हालसम्मकै उच्चस्तरीय । ( भारत र चीनबीच मस्कोमा वार्ता)
५) र, बार्सिलोनाका कप्तान लियोनल मेस्सी आउँदो सिजन पनि बार्सिलोनामा नै रहने, भन्छन्– अहिले सबै परिस्थितिमा खुसी छैन् तर छाड्न दिएनन्, मुद्दा लड्न चाहन्नँ । ( मेस्सी बार्सिलोनामा नै रहने )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।