Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सिंहदरबारमा डा युवराजका ३० महिना : डिपार्चर होइन, सुक्ष्म सुधार

64x64
सविन मिश्र शुक्रबार, भदौ १९, २०७७  २२:४५
1140x725

काठमाडौं- साढे २ वर्ष लामो अर्थमन्त्रीको कार्यकाल पूरा गर्दै डा युवराज खतिवडा सिंहदरबारबाट बाहिरिएका छन्। शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाउँदै खतिवडा निजी निवास फर्किएका छन्। 

संविधाको धारा ७८ बमोजिम मन्त्री हुन संघीय संसदको सदस्य हुनुपर्छ। उनको दल नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियसभाको रिक्त एक सिटमा नेता वामदेव गौतमलाई पठाउने निर्णय गरेसँगै अब खतिवडाको संसद सदस्य हुने बाटो बन्द भयो। 

शुक्रबार बिहान मन्त्रिपरिषदको बैठक थियो। त्यहाँ उनले करिब एक घण्टा देशको वर्तमान आर्थिक स्थिति, सरकारमाथि थपिएको चुनौती र अब अघि बढ्दा लिनुपर्ने बाटोबारे आफ्नो धारणा राखेका थिए। खासै एजेन्डा नभए पनि प्रधानमन्त्री ओलीले खतिवडाको 'फेरवेल'का लागि मन्त्रिपरिषद बैठक राखेका थिए। सामान्यता अन्य मन्त्रीले भन्दा बढी 'प्रिभिलेज' पाएरै उनी बाहिरिएका छन्। 

संसदमा करिब दुई तिहाइको शक्तिसहित रहेको नेकपा सरकारको शक्तिशाली अर्थमन्त्री खतिवडाले यो बीचमा ठूलो 'डिपार्चर'भन्दा 'माइक्रो रिफर्म'मा जोड दिए। मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि गरी दुईपटक राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र नेपाल राष्ट्र बैंकमा एक कार्यकाल गभर्नर भएका खतिवडाबाट धेरैले बृहत् परिवर्तनको अपेक्षा राखेका थिए। उनले यो बीचमा ठूलो परिवर्तनको जग बसाल्ने भन्दा पनि सुधारको काम अघि बढाउनमा ध्यान दिए। 

प्रधानमन्त्रीको अधिक विश्वास भए पनि आफ्नो कमजोर राजनीतिक धरातलका कारण खतिवडा पार्टीभित्रबाट पेलिएका थिए। उनकै दलभित्रका नेताहरूलाई खतिवडाका बजेटको बचाउ गर्नु फगत संसदीय दायित्व जस्तो मात्रै देखिने अवस्थासमेत आएको थियो। 

३० महिने कार्यकालमा खतिवडा प्रधानमन्त्रीको सबैभन्दा नजिक र विश्वासिलो मन्त्रीमध्ये एक रहे। प्रधानमन्त्रीको चाहना विपरीत उनले पार्टीभित्रका विपक्षी समूह र गुटको छाँयासम्म पनि अर्थ मन्त्रालयमा पर्न दिएनन्। जसको बदलास्वरूप अर्थतन्त्र बिगारेको, पार्टीलाई अलोकप्रिय बनाएको र जनचाहनाअनुसार काम नगरेको आरोप सधैँ खपिरहनु पर्नेछ। 

अर्थतन्त्र ध्वस्त बनाएको अपजस विपक्षी पार्टीलाई दिँदै सुरुवात गरे। त्यसका लागि उनले श्वेतपत्र नै जारी गरे। बिग्रिएको अर्थतन्त्र ट्रयाकमा ल्याउने योजना सुनाउँदै अर्थतन्त्रको उडान हाँक्न आरम्भ गरेका खतिवडाले त्यसलाई सही तरिकाले ल्यान्ड गर्न भने सकेनन्। कोरोना भाइरसका कारण सिर्जित वर्तमान प्रतिकूल परिस्थितिभन्दा अगाडि पनि सोचेजस्तो उपलब्धि हुन सकेको थिएन। 

Ncell 2
Ncell 2
nimb
nimb

विदेशी मुद्रा सञ्चिति र व्यापार घाटा न्यूनीकरणमा उनले सफलता पाए। तर महत्वकांक्षी आर्थिक वृद्धि र राजस्व वृद्धि तथा कमजोर पुँजीगत खर्च उनका लागि टाउको दुखाइकै विषय बनिरह्यो। यो बीचमा वैदेशिक सहायता परिचालनमा केही वृद्धि गरेका छन्। सबैभन्दा ठूलो बहुपक्षीय दातृ निकाय विश्व बैंकले आफ्नो वार्षिक बैठकबीचमा वासिङ्टन डिसीमा नेपाल डे आयोजना गरिदियो। जुन बैठकमा उनी आफैँ सहभागी भए। 

खतिवडाले आफ्नै केही स्वभावजन्य विशेषताका कारण गाली खाइरहे। अरुका कुरा कम सुन्ने र मन नपरेको व्यक्तिलाई कडा टिप्पणीमार्फत् टाढा पुर्‍याइदिने स्वभावका कारण उनीसँग धेरै चिढिए। नेकपाकै नेता/कार्यकर्ता नै उनको सबैभन्दा धेरै आलोचक बन्न पुगे। 

अर्थतन्त्रको बागडोर सम्हाल्ने व्यक्ति सबैको प्रिय बन्न खोजे ऊ लोकप्रिय त हुन्छ तर मुलुक ध्वस्त हुन्छ। खतिवडा सुरुदेखि अन्त्यसम्म यही अडानमा देखिए। यद्यपि यसमा उनले प्रधानमन्त्रीको इच्छाबाहेक अरुलाई पेलेको आरोप भने सहनुपर्‍यो। 'मिठो कुराले अर्थ मन्त्रालय चल्दैन' भन्ने उनले राम्रोसँग बुझेका थिए।

खतिवडाले कार्यभार सम्हालेयता पुँजीबजारमा सुधारका लागि काम अघि बढाए। बजार 'अटोमेसन' छिटो अघि बढाउन दबाब दिए। पुँजीगत लाभकरको विवाद टुंगोमा पुर्‍याइदिए। बजार हल्लाको भरमा नभई वास्तविकरूपमा सञ्चालन हुनुपर्छ भन्नेमा जोड दिए तर कहिलेकाँही बजारमाथि रुखो टिप्पणी गर्दा सुरुदेखि अन्तिमसम्म आलोचना खेप्नुपर्‍यो। उनकै राजिनामा मागेरसमेत लगानीकर्ताको एउटा समूह अनसनमा बस्यो। 

Xtrem

Xtrem

उनको कार्यकालमा पटकपटक उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समिति र राजस्व चुहावट नियन्त्रण समितिको बैठक राखे। वित्तीय क्षेत्र र राजस्वमा देखिएका समस्या समाधानका लागि आफैँले पटकपटक निर्देशन दिइरहे। तर उनीमाथि नै सबैभन्दा ठूलो नियमनकारी निकाय नेपाल राष्ट्र बैंकमा हस्तक्षेप गरेको आरोप भने लाग्यो।

साढे वर्षको कार्यकालमा उनले 'डिपार्चर' दिनेभन्दा स-साना कुराको सुधारलाई नै जोड दिए। वर्षौंदेखि घोषणा भएको तर कार्यान्वयनमा जान नसकेको सबैका लागि प्यान (प्यान फर अल) कार्यक्रम उनकै पालामा कार्यान्वयन भयो। दर्ता भएका फर्म/व्यावसायिक प्रतिष्ठानले ३ हजार रूपैयाँभन्दा धेरै प्यान विना भुक्तानी दिए खर्च लेख्न नपाइने व्यवस्था गरिएको छ। यसले स्थायी लेखा नम्बर लिनेको संख्यामा ठूलो वृद्धि भएको छ। विवादास्पद कर फर्स्योट आयोग ऐन नै खारेज गरिदिए।

मूल्य अभिवृद्धि कर फिर्ताको वर्षौंदेखिको लफडा अब अन्त्य भएको छ। जनताले तिरेको कर व्यवसायीले फिर्ता पाउने विगतको प्रणाली उनले खारेज गरिदिए। निजी क्षेत्रले उनीमाथि यही निर्णयपछि 'अट्याक' गर्न थाल्यो। 'अब जो आए पनि यी सुधारबाट ब्याक पछि हट्न सक्ने अवस्था छैन,' अर्थ मन्त्रालयका एक कर्मचारी भन्छन्। 

बजेट भाषणको अघिल्लो दिनको साँझमा अर्थ मन्त्रालयको दृश्य

खतिवडा अर्थमन्त्री हुँदा धेरैमा उत्साह थियो। अर्थ मन्त्रालयसँग कहिल्यै प्रत्यक्ष साइनो नजोडिएकाहरू पनि उनको नियुक्तिले आशावादी थिए। अहिले प्रश्न उठ्न सक्छ, सामान्यभन्दा फरक उनले के गरे? आफूभन्दा अगाडिका तीन जना अर्थमन्त्रीभन्दा उनले के फरक गरे?

खतिवडा पनि अरु जस्तै राजस्वको लक्ष्य पुर्‍याउने ध्यानमा अलि बढी नै व्यस्त भए। निजी क्षेत्रमाथि अविश्वासले सरकार र निजी क्षेत्रको सम्बन्ध नै केही टाढा देखियो। स्थिर सरकार भएका बेला लगानी वृद्धि गरी रोजगारीका अवसर बढाउनुपर्नेमा उनले त्यसो गर्न नसकेको देखिएको छ। 

अर्थमन्त्री भएको एक महिनापछि अर्थात् २०७४ को चैत १६ गते खतिवडाले श्वेतपत्र सार्वजनिक गरे। त्यसमा उनले केही विषयलाई प्रमुखताका साथ जोड दिए। चालु खर्चको दबाबले सरकारको खर्च प्रणालीमा सुधार अझै हुन सकेन। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन ल्याए तर त्यसको कार्यान्वयन हुन सकेको छैन। सरकारी खर्चमा मितव्ययितामा जोड दिए पनि त्यसको सार्थक परिणाम आउन सकेन। 

खतिवडाले पुँजी निर्माणका क्रियाकलाप बढ्न नसकेको श्वेतपत्रमा उल्लेख गरेका थिए। तर उनकै कार्यकालमा पुँजीगत खर्च न्यून रह्यो। गत वर्षलाई कोरोनाको प्रभाव परेको मान्ने हो भने त्यसअघिकै वर्षका तथ्यांकले पनि उनको दलिललाई साथ दिँदैन।

अर्थतन्त्रको संरचनात्मक परिवर्तनको संकेत देखिएको उनले त्यतिबेला नै बताएका थिए। तर अहिले पनि कृषि, सेवा र उद्योगको अर्थतन्त्रमा योगदान उस्तै छ। यसवर्षसम्म आइपुग्दा सेवा क्षेत्र निकै कमजोर बन्ने अवस्था पुगेको छ भने उद्योगको उत्पादन पनि घट्दो अवस्थामा पुगेको छ। खतिवडाले साढे २ वर्ष अगाडि भने जस्तै अहिले पनि चालु खर्च धान्न राजस्व पर्याप्त छैन। संघीयता कार्यान्वयनसँगै बढेको वित्तीय बोझ धान्न ऋण लिनुपर्ने अवस्था सिर्जना भएको छ

लामो सार्वजनिक जीवन बिताएका खतिवडालाई आर्थिक रूपमा प्रश्न उठाइँदैन। यसपटकको बजेट निर्माणमा उनले एउटा व्यावसायिक घरानालाई पोस्ने गरी काम गरेको आरोप लाग्यो। यद्यपि उनले संसदको रोस्टमबाट त्यसको संसदीय छानबिन गर्न खुला चुनौती दिएका थिए।

खतिवडाका दुईवटा कर नीति सबैभन्दा धेरै विवादास्पद बने। विदेशी पुस्तकमा उनले भन्सार दर बढाइ दिए भने निजी विद्युतीय सवारी साधनमा लाग्ने करको दरमा भारी वृद्धि गरिदिए। अघिल्लो वर्ष पुस्तकको कर र यस वर्ष विद्युतीय गाडीमा बढाइएको करले उनको व्यापक आलोचना भयो।

यो कार्यकालमा उनले अर्थ मन्त्रालयलाई आफैँमा निर्भरजस्तो बनाइदिए। स-साना विषय पनि मन्त्रीसम्म पुग्ने र मन्त्रीबाट त्यसको समाधान खोजिने काम धेरै भयो। यसले सचिव तथा सहसचिवमा मन्त्रीकै निर्णय मान्ने वा मन्त्रीको मुख ताक्ने प्रवृत्तिको बढावा दियो। 

अर्थ मन्त्रालय सञ्चालनमा उनका केही दुर्बलता देखिए। योबीचमा उनले सचिवहरू शंकर अधिकारी, राजन खनाल शिशिर ढुंगाना, लालशंकर घिमिरे र रामशरण पुडासैनीसँग काम गरे। उनले मन्त्रालयको महत्वपूर्ण महाशाखामा कर्मचारी पोस्टिङमा उनले ध्यान दिएनन्। जसका कारण अर्थ मन्त्रालयमा कर्मचारी आउने र जाने क्रम चलिरह्यो। 

अर्थ मन्त्रालयभित्र पनि राजस्वका क्याडर भनिएका कर्मचारी बाहिर पठाइए। कतिपय सिटमा ६/६ महिनामा प्रमुख फेरिए। अर्थमन्त्री खतिवडा प्रवेश गरेदेखि बाहिरिँदासम्मका साक्षी बस्ने सहसचिव एकजना मात्रै छन्। खतिवडा प्रवेश गर्दा वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाको प्रमुख रहेका सहसचिव उत्तरकुमार खत्री अहिले अनुगमन महाशाखाको प्रमुख छन्। 

बजेट तथा राजस्व प्रणालीमा उनले सुरु गरेका सुधारका नतिजा अबका वर्षमा देखिएलान्। उनी नै अर्थमन्त्री चाहिन्थे वा अर्को आउँदा ठिक भन्ने बहस पनि एक हिसाबले चल्न सक्छ। तर, उनले क्षमता प्रदर्शनको पर्याप्त समय पाएका थिए। 

नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउने गरी आर्थिक नीति तर्जुमा, प्रगतिशील कर प्रणालीको पूर्णरूपमा कार्यान्वयन र नेपालको आर्थिक वृद्धिको बलियो जग बसाल्ने अवसरको पूर्ण सदुपयोग गर्न भने सकेनन्। बाँकी अवधिमा पनि उनी स-साना कुरामा धेरै अल्झन्थे जसका कारण योभन्दा थप परिणाम आउन मुस्किल थियो। तर भविष्यमा आउने थप अपजसको भारबाट भने उनी बचेका छन्। 

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  २२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्