काठमाडौं- शुक्रबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) आर्थिक प्रणालीमा सुधारका काम अघि बढेको भन्दै त्यसलाई निरन्तरता दिन अर्थमन्त्री खतिवडाको बिदाइ सम्बोधन, शुक्रबारको मन्त्रिपरिषद्ले बामदेवको नाम सिफारिस गरेन, अर्को बैठकले गर्न सक्ने । ( अर्थमन्त्री खतिवडाको बिदाइ सम्बोधन )
२) २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु, २७१ पुगे मृतक, काठमाडौं उपत्यकामा ४५४ सहित १ हजार ३५९ जनामा संक्रमण, ४४ हजार २३६ पुगे संक्रमित । ( नेपालमा २७१ पुगे मृतक )
३) विद्यालय खोल्ने स्थिति नभएकाले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिकसत्रका रुपमा मान्यता दिई अनिवार्य गर्न शिक्षामन्त्रीको आग्रह, पाठ्यक्रम समायोजनका लागि काम भइरहेको भनाई । ( पाठ्यक्रम समायोजनको काम जारी )
४) पूर्वी लद्दाखमा जारी सैन्य तनावका बीच चीनद्वारा भारतसँग छलफलका लागि समय माग, सांघाई सहयोग संगठनको बैठकमा रुसको मस्को पुगेका दुई देशका रक्षामन्त्रीबीच छलफल हुँदै । ( भारत–चीनबीच सीमाबारे छलफल हुँदै )
५) र, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका ६ खेलाडीमा कोरोना भाइरस संक्रमण, लिग वानको नयाँ सिजनमा पनि संकट, खेल रोकाउनुपर्नेमा छलफल जारी । ( लिग वानको नयाँ सिजनमा संकट )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।