काठमाडौं- सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसडिपी)का लागि विश्व बैंकसँग थप करिब १ अर्ब ३० करोड रूपैयाँ ऋण लिने सम्झौता गरेको छ।
शुक्रबार यस सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका नेपाल, श्रीलंका र माल्दिभ्सका लागि राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसले हस्ताक्षर गरेका छन्।
सरकारले विद्यालय क्षेत्र सुधारका लागि देशव्यापीरूपमा सञ्चालन गरेको कार्यक्रम हो एसएसडिपी।
यसमा अन्तर्राष्ट्रिय विकास संस्थाको १८ करोड ५० लाख डलर सहयोग छ। यसैगरी जापान, एसियाली विकास बैंक, युरोपेली युनियन, फिनल्याण्डसहितका मुलुकले पनि यसमा सहयता परिचालन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।