काठमाडौं- स्पेनिस क्लब एथ्लेटिको मड्रिडका स्ट्राइकर डिएगो कोस्टा र डिफेन्डर सान्टियागो एरिएसलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको छ। सिजन सकिएको बिदापछि क्लब फर्किएमा उनीहरुमा संक्रमण देखिएको हो।
अहिले उनीहरुमा कुनै लक्षण नदेखिएको र दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको क्लबले जनाएको छ। राष्ट्रिय टिमको खेलका लागि गएकाबाहेक अरुको कोरोना भाइरस परीक्षण हुँदा दुई जनामा संक्रमण देखिएको क्लबले पुष्टि गरेको छ।
ला लिगाको नयाँ सिजन सेप्टेम्बर ११ बाट सुरु हुने भए पनि एथ्लेटिको मड्रिडको पहिलो खेल सेप्टेम्बर २७ मा ग्रानडासँग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।