काठमाडौं–नेपाल स्टक एक्सचेन्जले एपिआइ परिवर्तन गर्दा ‘मेरो शेयर’ले दिँदै आएको ‘माइ पोर्टफोलियो’ को सुविधा बन्द भएको छ।
‘मेरो शेयर’मार्फत् लगानीकर्ताको पोर्टफोलियो देखाउँदा नेप्सेबाट प्राप्त हुने कम्पनीको मूल्यमा एकरुपता नआएपछि यो सुविधा केही दिनका लागि बन्द गरिएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानले जानकारी दिए।
कम्पनीको अन्तिम कारोबार तथा अन्तिम मूल्य प्राप्त गर्न नसकिएकाले यो सुविधा बन्द गरिएको हो। नेप्सेले एपिआई प्रणालीमा परिवर्तन गर्दा यस्तो मूल्य प्राप्त गर्न समस्या देखिएको न्यौपानेले जानकारी दिए। उनले भने, ‘नेप्सेले एपिआईको समस्या हटेको जनाएको छ। अब केही दिनमा नै यो सुविधा प्रदान गर्नेछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।