काठमाडौं- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णय, गत साउन ३० गते गठित कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनमा पनि छलफल । ( गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय )
२) २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु, २५७ पुगे मृतक, काठमाडौं उपत्यकामा ४४५ सहित १ हजार २२८ जनामा कोरोना संक्रमण, ४२ हजार ८७७ पुगे संक्रमित । ( नेपालमा २५७ पुगे मृतक )
३) आन्तरिक राजस्व विभागले माग्यो अन्तशुल्क स्टिक छपाइका लागि इच्छुक ३२ कम्पनीको विवरण, सर्वोच्चको आदेशपछि नेपाली कम्पनीको क्षमता अध्ययन सुरु, आर्थिक र प्राविधिक क्षमताको जानकारी पेश गर्नुपर्ने । ( इच्छुक कम्पनीसँग विवरण माग )
४) भारत सरकारले लगायो चीनमा विकसित गरिएका १ सय १८ मोबाइल एप्समा प्रतिबन्ध, भारतीय सम्प्रभुता, अखण्डता, देशको रक्षा र व्यवस्थाविरुद्धका गतिविधिमा संलग्न रहेको आरोप । ( पबजीसहितका ११८ चिनियाँ एप्समाथि प्रतिबन्ध )
५) र, नेपाल क्रिकेट संघद्वारा मुख्य प्रशिक्षकसहित आवश्यक ५ पदका लागि खुल्ला दरखास्त आह्वान, सातै प्रदेशका लागि क्यानले पहिलो पटक प्रशिक्षक राख्ने । ( क्यानद्वारा दरखास्त आह्वान )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।