काठमाडौं- संघीय संसद राष्ट्रिय सभामा रिक्त एक पदमा वामदेव गौतमलाई पठाउने नेकपा सचिवालयको निर्णयपछि अर्थमन्त्री डा खतिवडा सरकारबाट बाहिरिने लगभग पक्का भएको छ। खतिवडाले २०७४ फागुन १४ गते अर्थमन्त्रीको सपथ लिएका थिए।
राष्ट्रिय सभामा २ वर्षका लागि सांसद चुनिएका खतिवडाको कार्यकाल गत फागुन २० गते सकिएको थियो।
कार्यकाल सकिएको ६ महिनासम्म पदमा रहनसक्ने संविधानको धारा ७८ को व्यवस्थाअनुसार खतिवडाले गते फागुन २१ गते पुनर्नियुक्ति पाएका थिए। जसअनुसार उनले भदौ २० गतेसम्म मात्रै अर्थमन्त्री पद सम्हाल्नेछन्।
नेकपा सचिवालयले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेपनि सरकारले अर्थमन्त्रीको जिम्मेवारी कसलाई दिने भन्ने टुंगो लागिसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।