काठमाडौं- कोरोना संक्रमितको संख्या बढेसँगै आइसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ सय ५८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार १७ जना भेन्टिलेटरमा र १४१ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन्।
आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ८५ जना आइसियू र १३ जना भेन्टिलेटरमा रहेका छन्। त्यस्तै प्रदेश १ मा ५ जना आइसियू र १ जना भेन्टिलेटरमा रहेका छन्।
मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा २७, प्रदेश ५ मा १९ आइसियू र ३ जना भेन्टिलेटरमा र गण्डकी प्रदेशमा ५ संक्रमित आइसियूमा उपचाररत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।