काठमाडौं-नेपाल इन्भेष्टमेन्ट बैंकले सिटि एक्सप्रेस फाइनान्सलाई १०० कित्ता बराबर ३० कित्ताको अनुपातमा गाभ्ने भएको छ। बैंकले यस अगाडि संस्थालाई प्राप्ति गर्ने निर्णय गरेको थियो।
फाइनान्सको सम्पत्ति तथा दायित्व मूल्याङ्कनपछि प्राप्ति गर्ने अन्तिम संझौता भएको बैंकले जनाएको छ। बैंकको ५३४ औं सञ्चालक समितिको बैठकले मर्जर समितिको प्रतिवेदनका आधारमा प्राप्ति गर्ने निर्णय गरेको हो।
बैंकले यस अगाडि जेविल्स फाइनान्सलाई पनि प्राप्ति गरेको थियो। मर्जरको सहुलियत लिनका लागि बैंकले साना-साना वित्तीय संस्थाहरु लिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।