काठमाडौं-संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सोशल कमर्स स्टार्ट अप कम्पनी सगुनले जारी गरेको मिनि आइपिओ सेप्टेम्बर ३० सम्ममात्रै खुला हुने भएको छ।
अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनले यसै वर्षको सुरुमा मिनि आइपिओ जारी गर्ने अनुमति प्रदान गरेको थियो। अनुमति प्रदान गरेसँगै सगुनले नेपाल, उत्तर कोरीया र इरानबाहेक संसारका जुनसुकै मुलुकका नागरिकलाई प्रति शेयर ३० डलरका दरले ग वर्गको धितोपत्र बिक्री गर्न पाउने अनुमति दिएको छ।
नेपाल सरकारले विदेशी मुद्रामा देश बाहिर रहेका कम्पनीहरुले नेपालमा शेयर जारी गर्न प्रतिबन्ध लगाएको छ। त्यस्तै अमेरिकी कानुनले उत्तर कोरिया र इरानका नागरिकहरुलाई अमेरिकाको शेयर खरिद गर्न प्रतिबन्ध लगाएको छ।
सन् २०२० मा कम्पनीले धेरै उत्साहजनक प्रगति गरेको सगुन इंकका संस्थापक गोविन्द गिरीले जानकारी दिए। गएको जनवरी २०२० यता सगुनका प्रयोगकर्ताहरु ४५ लाखले थपिएका छन्। अहिलेसम्म यसका विश्वव्यापी प्रयोगकर्ता ८१ लाख नाघेका छन्। नेपाल र भारतमा सगुनका प्रयोगकर्ताहरु बढिरहेका छन्। नेपालमा प्रभु ग्रुप, भाटभटेनी,फेवा बजारसँग सगुनको संझौता भइसकेको छ। नेपालमा सबैभन्दा धेरै डाउनलोड हुने एपमा सगुन ५ औ स्थानमा छ। अहिले हरेक महिना दश लाख नयाँ प्रयोगकर्ता थपिएकाे सगुनकाे दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।