काठमाडौं-इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले आयाक्सका मिडफिल्डर डोनी भान डी विकलाई अनुबन्धित गरेको छ।
म्यान्चेस्टर युनाइटेडले भान डी विकलाई ३५ मिलियन पाउण्डसँगै ५ मिलियन प्लस बोनसमा आफ्नो क्लबमा भित्र्याएको हो। २३ वर्षीय भान डी विकले युनाइटेडसँग ५ वर्षको सम्झौता गरेका हुन्। सम्झौता अनुसार उनी २०२५ सम्म इंग्लिस क्लब युनाइटेडमा रहने छन्।
आयाक्स क्लबले भान डी विकलाई बेच्न ४० मिलियन पाउण्डको रिलिज क्लज राखेको थियो। भान डी विकलाई आफ्नो क्लबमा ल्याउन युनाइटेडका प्रशिक्षक आले गुनर सोल्सायरले इच्छा देखाईरहेका थिए। युनाइटेडले यही सेप्टेम्बर १९ तारिखमा क्रिस्टल प्यालेससँग खेल्दै प्रिमियर लिगमा सुरुवात गर्दैछ।
यो आफ्नो खेल करिअरकै सबैभन्दा ठूलो अवसर भएको भन्दै भान डी विकले भनेका छन्, ‘मेरो करिअरको अर्को यात्राका लागि म तयार छु। युनाइटेडमा दुनियाँकै उत्कृष्ट मिडफिल्डरहरु छन्। उनीहरुबाट सिक्दै आफ्नो प्रतिभा देखाउन पनि सक्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।