एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ५९ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड ५९ लाख २५ हजार ३ पुगेको हो। हालसम्म विश्व कोरोना संक्रमणबाट ८ लाख ६० हजार ८ सय ५७ जनाको मृत्यु भइसकेको छ भने १ करोड ७२ लाख ४ हजार १ सय २७ जना निको भइसकेका छन्।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६१ लाख ११ हजार ४ सय ८५ पुगेको छ भने १ लाख ८५ हजार ६ सय ६९ जनाको मृत्यु भइसकेको छ। यस्तै, ब्राजिलमा ३९ लाख ९७ हजार ८ सय ६५ संक्रमित र १ लाख २३ हजार ७ सय ८० जनाको मृत्यु तथा भारतमा ३७ लाख ६९ हजार ५ सय २३ संक्रमित र ६६ हजार ३ सय ३३ जनाको मृत्यु भएको छ।
रुसमा संक्रमितको संख्या १० लाख नाघेको छ। त्यहाँ १० लाख १ हजार ९ सय ६५ जना संक्रमित भएका हुन् भने १७ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ। यस्तै, मेक्सिकोमा ६ लाख ६ हजार ३६ जना संक्रमित भएका छन् भने मृतकको संख्या ६५ हजार २ सय ४१ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।